जिल्ला अध्यक्षहरुसँग छलफल

author-png  Milan Limbu   शनिबार, २७ बैशाख, २०७७, दिउँसोको ०३:२२ बजे

लिम्बू पत्रकार संघ केन्द्रीय समिति सचिवालय र जिल्ला अध्यक्षहरु सम्मिलित विशेष भर्चुअल बैठक केन्द्रीय समितिका अध्यक्ष देवेन्द्र खापुङको अध्यक्षतमा सम्पन्न भयो । बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

निर्णयहरुः–
१. बैठकमा सबै जिल्ला शाखाका अध्यक्ष तथा प्रतिनिधिले कोरोना विरुद्धको अभियानका क्रममा सरकारले गरेको लकडाउनका कारण उत्पन्न परिस्थिति र जिल्लामा लिम्बू पत्रकारहरुको अवस्थाबारे रिर्पोटिङ गर्नु भएको छ । आम नागरिकलाई सूचना प्रवाह गर्न अग्रपंक्तिमा रहेर काम गरिरहेका लिम्बू पत्रकारहरु समेत लकडाउनका कारण समस्यामा रहेको जिल्ला अध्यक्ष तथा प्रतिनिधिबाट रिर्पोटिङ भएकाले समस्यामा रहेका लिम्बू पत्रकारहरुको पहिचान गरि राहत लगायत अन्य सहयोगका लागि पहल गर्ने निर्णय भएको छ । साथै, समग्र पत्रकारका लागि विशेष राहत प्याकेज घोषणा गर्न तीनै तहका सरकारसँग आग्रह तथा पहल गर्ने समेत बैठकले निर्णय गरेको छ ।

२६ बैशाख २०७७
नोगेन !