‘छापावाल’ सञ्चारगृह र समाजिक सञ्जालको समय – ब्लग

author-png  मिलन लिम्बू   आइतबार, १४ असार, २०७७, बिहानको १२:४५ बजे

आम नागरिकले सञ्चार माध्यममा अझ बढी पहुँच चाहनु र ठूला मानिएका संचारगृहले स्वार्थमा आधारित सामग्रीलाई मात्र प्राथमिकता दिनुले सञ्चारमाध्यमबाट आम नागरिकसम्म पुग्नुपर्ने धेरै सामग्री छुटे । यसरी छुटेका धेरै जनचाहनाका विषयवस्तु लामो समयदेखि ओझेलमा थिए । तर, सामाजिक सञ्जालको समय जब सुरु भयो त्यसपछिका दिन यस्ता असंख्य सामग्री जनमासमा पुग्न थाल्यो । भिडियो शेयरिङ प्लेटफम ‘युट्युव’को समय आएपछि आम मानिसमा सबैभन्दा छिटो प्रभाव पार्न सक्ने श्रव्य दृश्य सामग्रीबाट दुनियाँ प्रत्यक्ष प्रभावित भए, प्रभावित छन् ।

विश्वमा आफुलाई सञ्चारका महारथी ठान्ने सञ्चारगृहले पनि आफ्ना सञ्चारजन्य उत्पादनलाई युट्युव लगायत भिडियो शेयरिङ प्लेटफममार्फत जनमासमा पुर्यान थाले । यसै समयको प्रभाव नेपालमा उही मात्रामा छ । र, अहिले आम नागरिकको आवाजको पहिलो माध्यम सामाजिक सञ्जाल नै बनेको छ । यद्यपि, सामाजिक सञ्जाललाई प्रकाशन र प्रशारणको माध्यम बनाएर   सञ्चार सामग्री उत्पादन गर्ने व्यक्ति, समूह वा संस्था र उत्पादित सामग्रीप्रतिको विस्वासनियतामा असंख्य प्रश्नहरु छन् । अविश्वाका असंख्य कारण पनि छन् ।

उत्पादित वस्तुमा आम नागरिकको रुची हुनु तर विश्वास गर्न सक्ने वातावरण नहुनु विल्कुलै असहज परिस्थिति हो । युट्युवरको रुपमा आम नागरिकको आवाजको पहिलो माध्यम बनेकाहरुको संकट यो नै हो । आफुबाट उत्पादित वस्तुमा जनविश्वास नहुनुको कारण सम्बन्धित पक्षले बुझेका छन् । आफु कुन धारमा उभिने ? कसरी प्रस्तुत हुने ? विषयवस्तुलाई कसरी प्रस्तुत गर्ने ? उनीहरुकै चाहनाको कुरा हो । यति भन्न सकिन्छ– ‘इन्टरनेटमा आम नागरिकको पहुँच स्थापित हुँदै जानु र सामाजिक संजालकोे युग सुरु हुनुले ठूला भनिले ‘छापावाल’ संचारगृहको आडम्बरी औचित्य निरिह बनेको छ ।’ प्रस्तुत भिडियो सामग्रीले यति लेख्न प्रेरित गर्यो ।

प्रस्तुत मिडियो सामग्री, भिडियो सामग्रीमा समेटिका व्यक्तित्व र प्रस्तुतकर्ताबारे केहि त लेख्नै पर्छ । पूर्ण काम्बाङ र मनुसा काम्बाङ संगीत क्षेत्रमा स्थापित नाम हो । अझ पूर्वेली ‘फ्लेवर’का गीत संगीतमा यी दुई नाम सुपरिचित हुन । पचासको दशक यता यी दुईको सांगीतक कर्म आम पूर्वेलीको मन मनमा गुज्जिरहयो र गुन्जिरहने छ । उनीहरुबारे कुनै दिन विस्तृत लेखौला । आज भन्न खोजिएको यति मात्र हो । ‘छापावाल’ संचारमाध्यमकोे नजरमा नपरेका ‘पूर्ण–मनुसा’ लाखौ शुभचिन्तकसम्म भिडियो सेयरिङ प्लेटफम युट्युवमार्फत पुगेका छन् । त्यो काम ‘युट्युवर’ मार्फत भएको छ ।

प्रस्तुत भिडियो सामग्रीका प्रस्तुतकर्ता अनुप योङहाङ, सामान्य युट्युवर नै हुन । उनकोे सुरुवातदेखि अहिलेसम्मको ‘युट्युवर’ यात्रामा कुनै न कुनै रुपमा जानकार छु । उनले संचाल गर्ने ‘गोल्डेन टिभी’ नामक युट्युव च्यानलमा प्रस्तुत सामग्री हेरिरहेकै हुन्छु । उनले छान्ने सामग्री पनि अन्य युट्युवरकै जस्तो हुने नै भयो । सकभर ‘भाइरल’ खोजिमा हुन्छन् । कन्ट्रोभर्सी हेडलाइन र कभर युट्युवरका लागि सामान्य कुरा भयो । अनुप र अनुप जस्तै हजारौं युट्वर यसरी नै टिकेका छन् । म पत्रकारिताम कृयाशील छु । पत्रकारिता र पत्रकारको दायरा बुझेको छु । त्यसैले युट्युवरकोे प्रस्तुतीमा शतप्रतिशत सहमत छैन । उनीहरुले प्रस्तुत गर्ने सबै विषयवस्तुलाई पत्रकारिताको आँखाबाट हेर्दिन पनि । तर, भाइरल कन्टेन्ट खोज्दा खोज्दै युट्युवरहरु कहिलेकहीँ यस्ता कन्टेन्ट पनि प्रस्तुत गर्छन ति कन्टेन्ट ‘छापावाल’ संचारगृहले प्रस्तुत गर्नेभन्दा कम महत्वका हुँदैनन् । बरु अधिक जनचाहनाका हुन्छन् ।

आक्कल–झुक्कल अनुप पनि यस्ता सामग्री प्रस्तुत गर्छन् । मध्येको एक ‘पूर्ण–मनुसा’सँगको संवादमा आधारित कन्टेन्ट हो । जुन धेरै श्रोता दर्शकको चाहनाको कन्टेन्ट हो । ओझेलका पात्र खोज्ने काम भएको छ । प्रस्तुती र समेटिनुपर्ने विषय बेग्लै कुरा हुन ।

आशा गरौं आम नागरिकको आवाजको पहिलो माध्यमहरुमा प्रस्तुत हुने सामग्रीमा आम नागरिकले विश्वास गर्ने वातावरण बन्दै जानेछ । जसका लागि अनुपजस्ता हजारौं ‘युट्युवर’ जिम्मेवार भएर प्रस्तुत हुनेछन् र आझेलमा रहेका असंख्य ‘पूर्ण–मनुसा’हरु अनि लाखौ लाख स्रोता दर्शकको चाहनाका कन्टेन्टहरु प्रस्तुत हुनेछन् । र, ‘छापावाल’ संचारगृहको आडम्बर समाप्त हुनेछ ।