१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)

author-png  admin   बिहिबार, १५ जेठ, २०७७, रातीको ११:४६ बजे

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए । आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने उनले जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

दुइ तिहाइ बहुमत निकट कम्युनिष्ट नेतृत्व सरकारले कोरोनाको संकटमय परिस्थितिमा सार्वजनिक गरेको बजेटमा स्वास्थ्य, शिक्षा, रोजारी तथा कृषि क्षेत्रलाई प्राथामिकता दिइएको छ ।

बिगतका बजेटमा विपक्षदी दलबाट ब्यापक आलोचना हुने गरेता पनि यस पटक कोरोना पछिको अवस्थालाई मध्यनजर गरेर बजेट बनाइएका कारण खासै आलोचना गरेका छैनन् । तर, कतिपय क्षेत्रका लागि बजेट कम भएको लगायतका विषय उठेका छन् ।

बजेटका विशेषताहरु–
– सुनमा भन्सार शुल्क बढ्यो
– कोरोना योद्धा बाहेकका कर्मचारीको भत्ता कटौती
– खेलकुदको बजेट डेढ अर्ब घट्यो
– शिक्षामा ८ अर्ब बजेट बढ्यो
– स्वास्थ्य बजेट २१ अर्ब बढ्यो
– आन्तरिक ऋण विकासमा मात्र खर्च हुने
– स्वास्थ्यको बजेट पूर्वाधार र कोरोनामा केन्द्रित
– २ वर्षभित्र सबैको पहुँचमा नवीकरणीय उर्जा
– आगामी वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हुने

आर्थिक वर्ष २०७७–७८ का लागि सरकारले सार्वजनिक गरेकाे बजेट पूर्णपाठ यहाँ क्लिक गरेर  अध्ययन गर्नुहाेस ।