वुद्ध धर्म र धार्मिक स्वतन्त्रताको व्याख्या– समसरा

author-png  मिलन लिम्बू   शनिबार, २७ बैशाख, २०७७, साँझको ०७:५९ बजे

सन् २००१ मा बनेको चलचित्र ‘समसरा’ (samsara) भारतीय मूलका फ्रान्सेली निर्देशक पन नलिन (Pan Nalin)ले निर्देशन गरेका हुन । क्यानेडियन कलाकार Christy Chung (पेमा) र अमेरिकन कलाकार Shawn Ku (टासी) को रुपमा देखिन्छन् । तिब्बत र भारतको लदाक क्षेत्रलाई आधार मानेर बनाइएको यो चलचित्रमा दुबै क्षेत्रको भाषा प्रयोग गरिएको छ । त्यहाँको परिवेश प्रस्तुत गर्दै गज्जबको चलचित्र बन्यो ।

चलचित्रका दई पात्र पेमा र टासी । टासीको संघर्ष सांसारिक मोह त्यागेर आध्यात्मिक ज्ञान प्राप्ती र पेमाको प्रेममय भौतिक संसार । वौद्ध दर्शन अन्र्तरगतको कठोर तपस्यामा समेत सामेल टासी यौन र प्रेम दुबैबाट मुक्त हुन नसक्दा बन्ने परिवेश रोचक पक्ष हो । आध्यात्मिक यात्रा त्याग्दै माया मोहयुक्त भौतिक संसारमा फर्किएका टासीको जिन्दगी सोचेजस्तो आनन्दमय हुँदैन । आध्यत्मिक जिवन त्यागेर सांसारिक मोहमै रमाउन आएका टासी फेरी आध्यात्मिक यात्रामै फर्कदा जिवन संगीनी पेमाको प्रेममय भौतिक संसारको कल्पना स्पस्ट सम्झन नसकिने सपना भन्दा पनि मधुरो बन्छ …

चलचित्रमा प्रयोग भएका मिथहरु, आध्यात्मिक दर्शनमा आधारित प्रयोगहरु चलचित्रका सौन्दर्य हुन । आध्यात्मिक र मोहयुक्त मानिएको भौतिक दुनियाँलाई दुई धारमा सँगै प्रस्तुत गरिदा चचित्र हेर्न आनन्द हुन्छ । यद्यपि, सुरु गर्दा छोडौ झै लाग्छ । तर, छोडौंभन्दा पनि कुनै न कुनै पक्षले तानिरहन्छ …

फिल्म हेर्नेका लागि युट्युबमा उपल्ध छ ।