कविता –परिस्थिति र परिणाम

author-png  मिलन लिम्बू   शनिबार, २७ बैशाख, २०७७, साँझको ०७:०८ बजे

योजना र परिणाम नमिल्नु
समय र परिस्थिति नमिल्नु
समय नचिन्नुकोे परिणाम !
मानवीय संकटको समय

बन्नु पर्ने–
मानवीय सद्भाव र एकता
बन्यो–
अरुलाई फुटाउने योजना !
यसो भनौं–
सपना देख्नुमा समस्या छैन

ख्याल हुनुपर्छ–
सपना पनि उचित समयमा देख्नुपर्छ ।
फुटाउन जोड थियो
जुटाउने काम भयो !
परिस्थिति यस्तो बन्यो–
बुटी उल्टो पर्यो !

२३ अप्रील २०२० -कोटेश्वर

(कोरोना (कोभिड–१९)ले विश्व आक्रान्त थियो । नेपालको प्रधानमन्त्री केपी शर्मा ओली थिए । समय थियोः कोरोना विरुद्ध सबैलाई एक बनाएर लड््ने । तर, यति नै बेला राजनीतिक दल सम्बन्धि व्यवस्था संशोधन गरे । जुन संशोधनले पार्टी फुटाउन संसदमा वा केन्द्रीय समितिका ४० प्रतिशत भए पुग्ने व्यवस्था ग¥यो । दुबै सदन नभएको मौकामा राष्ट्रपतिबाट संशोधन अनुमोदन गराएर अरु दल फुटाउने योजना बनाएका थिए । तर, फुट्नुभन्दा अगाडी समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एक भए, मध्यरातमा । त्यसैबेला लेखिएको कविता ।)